रसुवा भन्सार कार्यालयले आजदेखि सामग्रीको जाँचपास गर्ने

 असार २८, २०७७ आइतबार ७:५६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा भन्सार कार्यालयले आजदेखि सामग्रीको जाँचपास गर्ने भएको छ । व्यापारी तथा व्यापारीका प्रतिनिधि नाका पुगेका र कामदारको समस्याको समाधान भएसँगै भन्सारले जाँचपास प्रक्रिया अघि बढाएको हो ।

हिजो गाडीको डिसइन्फेक्सन र प्याकिङ सूची बनाउने काम भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पूण्यबिक्रम खड्काले बताउनुभयो । कोरोना भाइरसको त्रासका कारण बन्द भएर झण्डै पाँच महिनापछि सञ्चालनमा आएको रसुवागढी नाकाबाट गएको सोमबारदेखि नियमित सामग्री आईरहेको छ ।

सोमबारदेखि चीनले सामग्री आयात गर्नका लागि मात्रै एकतर्फी नाका खोलेको थियो । त्यस दिनदेखि चिनियाँ गाडीले दैनिक चारवटा गाडीमा सामग्री ल्याइरहेका छन् । जुत्ता, चप्पल, लत्ताकपडा लगायतका सामग्री आयात भएको छ । चिनियाँ एउटा गाडीले ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राखिन्छ ।

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो । नेपालको तर्फबाट नाकामा अहिले १५ जना चालक र १६ जना कामदार राखिएको छ । दैनिक झण्डै तीन करोड राजस्व संकलन हुने रसुवागढीमा कोरोना सङ्क्रमणको जोखिमपछि अहिलेसम्म झण्डै पाँच अर्ब राजस्व घाटा भएको छ ।

आयात भएका सामग्री सहज ढुवानी गर्न स्याफ्रुबेंसी– टिमुरे खण्डको राजमार्ग सफा गर्ने काम भइरहेको रसुवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया