विभिन्न ठाउँमा सडक अवरुद्ध : कतै एकतर्फी खुल्यो, कतै खुलाउने प्रयास

 असार २८, २०७७ आइतबार ८:३६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – लगातारको वर्षाका कारण विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन् ।

सिन्धुपाल्चोक, नवलपरासी, सिन्धुली, म्याग्दी, मकवानपुर, दैलेख, काभ्रे, रौतहट, प्यूठान, अछाम, लमजुङ, मुस्ताङ, मनाङमा बाढीपहिराले सडक अवरुद्ध छ । अवरुद्ध सडक खुलाउने प्रयास भैरहेको सडक विभागले जनाएको छ ।
नवलपरासी पूर्वमा पर्ने पूर्व पश्चिम राजमार्गको गैँडाकोट थुम्सीमा खहरे खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध सडक एकतर्फी खुलेको छ ।

नवलपरासीकै दाउन्ने भन्ने ठाउँमा पहिरो जाँदा अवरुद्ध भएको सडक पनि एकतर्फी सञ्चालनमा आएको छ ।

लम्जुङको मर्स्याङ्दी गाउँपालिका ४  र बेशीशहर ६ मा खसेको पहिरोका कारण यो सडकखण्डमा गाडी चल्न सकेका छैनन् ।  यस्तै म्याग्दी जोमसोम सडकखण्डमा पनि गाडी चलेका छैनन् । यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएकाले गाडी नचलेको प्रहरीले जनाएको छ । यस्तै साँफे मार्तडी सडकखण्ड पनि अवरुद्ध भएको छ ।

बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो ।  बिपी राजमार्ग भने एकतर्फी रुपमा सञ्चालनमा आएको छ । सुनकोशी गाउँपालिका २ सिन्धुलीमा पहिरो गएपछि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

यस्तै दैलेख सुर्खेत सडकखण्ड पनि अवरुद्ध भएको छ । बिहान साढे ५ बजे गुराँसे गाउँपालिका १ पिपलचौतारा दैलेखमा पहिरो गएकाले यो सडकखण्ड अवरुद्ध भएको हो । यस्तै अरनिको राजमार्ग  अन्तर्गत ८ वटा भित्री सडकमा गाडी चलेका छैनन् । पहिरोका कारण ललितपुरको चापागाउँ हेटौंडा सडकखण्ड पनि अवरुद्ध भएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया