बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
खोटाङ – खोटाङको साकेला गाउँपालिका २ काे रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेती सुरु गरेका छन् ।
स्थानीय पर्वत राई, सन्तराज राई, मिसन राई र चन्द्र राईले पारुहाङ ड्रागन फर्म दर्ता गरेर सामूहिकरुपमा ड्रागन फ्रुटको खेती सुरु गरेका हुन् ।
आर्थिक वर्ष २०७६/०७७ मा साकेला गाउँपालिकाले उपलब्ध गराएको आठ लाख अनुदान र ड्रागन फर्म सञ्चालकको चार लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती सुरु गरिएको हो ।
पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती लगाइएको सञ्चालक पर्वत राईले बताउनुभयो । ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षकाे लागि जग्गा भाडामा लिएर खेती लगाइएको हो ।
पालिकास्तरीय नमुना कृषि फर्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती सुरु भएकाे गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताउनुभयो ।
फर्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउनकाे लागि रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन् । उनीहरुले आउँदो वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।