तीनकुनेमा ट्राफिक प्रहरीले रोप्यो थरीथरीका फूल

 असार २८, २०७७ आइतबार १७:२०:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौले तीनकुनेमा वृक्षरोपण गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको उपस्थितिमा महाशाखाले तीनकुनेको चउरमा विभिन्न बिरुवा र फूल रोपेको हो ।

कार्यक्रममा प्रहरी नायब महानिरीक्षक पोखरेलले बढ्दो शहरीकरणकाे कारण दिन प्रतिदिन बढिरहेको वातावरणीय असरप्रति सबै गम्भीर हुनुपर्ने र खाली ठाउँमा वृक्षरोपण गर्नुपर्नेमा जोड दिनुभयो । महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम ढकालले महाशाखालगायत मातहतका ४४ वटै ट्राफिक कार्यालयहरूले तीन सय ५० भन्दा धेरै फूलका बिरुवा रोपेको जानकारी दिनुभयो ।

नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल नजिकै रहेको तीनकुने पर्यटकहरू आवात जावत गर्ने मुल ढोकासमेत रहेकोले खाली जग्गामा फूल रोपेर सडकलाई मनमोहक बनाइएको महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया