बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले काठमाण्डौमा समुदायस्तरमा कोरोना भाइरसकाे सङ्क्रमण फैलिएको पुष्टि हुन बाँकी रहेको जनाएको छ । इपिडिमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर वासुदेव पाण्डेले अहिलेसम्मको नतिजाले काठमाण्डाैमा समुदायस्तरमा फैलिएको मान्न नसकिने बताउनुभयो ।
महाशाखाका निर्देशक पाण्डेले कोरोना सङ्क्रमणको दर घट्दै गएको र काठमाण्डौ उपत्यकामा बढ्दै गएको आशङ्कामा १२ वटा ठाउँबाट नमुना सङ्कलन गरिएको बताउनुभयो । अहिलेसम्म तीन हजार जनाको नमुना परीक्षण गर्दा जम्मा तीन जना व्यक्तिमा सङ्क्रमण देखिएको, उनीहरु अन्य कतैबाट नआएकाे पाइएकाे र थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
डा. पाण्डेले काठमाण्डौका बैंक, कर कार्यालय, अस्पताल, भिडभाड हुने ठाउँमा जाँच भइरहेको बताउनुभयो । यी ठाउँका पाँच सय पाँच जनाको नमुना परीक्षण गर्दा कसैमा पनि सङ्क्रमण नदेखिएको उहाँले बताउनुभयो । उहाँले देशैभरि परीक्षणको दायरा बढाइएको पनि बताउनुभयो ।
यस्तै सरकारले नेपालमा कोरोना सङ्क्रमितमध्ये शून्य दशलमव ३ प्रतिशतमा मात्रै लक्षण देखिएको बताएको छ । नेपालमा सङ्क्रमितमध्ये जम्मा शून्य दशमलव २१ प्रतिशत अर्थात् ३८ जनाको मृत्यु भएको र तीमध्ये पनि धेरै दीर्घरोगी रहेको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।