बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल खोल्न नसकिने सरकारले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको विषयमा आपत्तिजनक सामग्री प्रसारण गरिरहेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध परिस्थिति अनुकुल नहुँदासम्म कायम रहने सरकारले बताएको हो ।
मिडिया सोसाइटीका प्रतिनिधिहरुसँगको भेटमा सरकारका प्रवक्ता डाक्टर युवराज खतिवडाले परिस्थिति अनुकुल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न सेवा प्रदायकहरुलाई आग्रह गरिएको बताउनुभयो । सञ्चार मन्त्रालयको जिम्मेवारीमा समेत रहनु भएका अर्थ मन्त्री डा. खतिवडाले सेवा प्रदायकहरुले राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गर्दै बन्द गरेका भारतीय न्युज च्यानलमाथिको प्रतिबन्ध तत्काल नखोलिने बताउनुभएको हो ।
नेपालीहरुको एकताबाट तर्सेर कुनै पनि मिडियाले अपमानित ढङ्गले जान नसुहाउने भए पनि भारतीय न्युज च्यानल दुराशायपूर्ण रुपले अगाडि बढेकाले तत्काल प्रतिबन्ध नहट्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, 'नेपालले नक्सा अद्यावधिक गरेर जारी गरेको अवस्था छ । राष्ट्रिय एकता र सबै नेपालीको ऐक्यबद्धता हामीले प्रदर्शन गरेका छौँ । उनीहरु नेपालीहरुको एकताबाट तर्सेको पनि हुन सक्छन् । एकताबाट तर्सेर, चित्त नबुझेकाे भए पनि स्वस्थ्य छलफलबाट अघि बढ्न सकिने हुन्छ तर जुनसुकै माध्यमबाट पनि अपमानित गर्न मिडियाले सुहाउँदैन । भारतीय मिडियाहरुको कदमलाई हामीले दुराशायपूर्ण भनेर भनिसकेका छौँ । केही च्यानल बन्द भएको अहिलेको अवस्था हो । सेवा प्रदायकहरुले स्वतःस्फूर्त रुपमा राष्ट्रियताप्रतिको जिम्मेवारी बोध गरेर प्रतिबन्ध लगाउनुभयो । परिस्थिति अनुकूल भएर ती मिडियाहरु नसुध्रिएसम्म प्रतिबन्ध कायम राख्न म आग्रह गर्दछु ।'
नेपालले अद्यावधिक नक्सा जारी गरेदेखि नै भारतीय सञ्चारमाध्यमहरुले आपत्तिजनक सामग्री प्रकाशन र प्रसारण गर्दै आएका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीको नाम नै जोडेर विभिन्न सामग्री प्रकाशन/प्रसारण भएपछि नेपालमा भारतीय न्युज च्यानलहरु बन्द गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।