२८ दिनमा नेपाल एअरलाइन्सका ५८ उडान, झण्डै ११ हजारको उद्धार

 असार २८, २०७७ आइतबार १९:१९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – नेपाल एअरलाइन्सले विदेशमा रहेका नेपाली स्वदेश ल्याउन २८ दिनमा ५८ वटा उद्धार उडान गरेको छ । 

एअरलाइन्सले जुन १४ देखि जुलाई १२ सम्म दुबई, दोहा, क्वालालम्पुर, सिड्नी, ब्रिसबेन, नारिता, बैंकक, हङकङ, बहराइन, कुवेत, रियाद, जेद्दा, माले, ढाकालगायतका गन्तव्यमा उद्धार उडान गरेकाे थियाे । 

ती गन्तव्यमा गरिएका ५८ वटा उद्धार उडानमार्फत १० हजार नाै सय १२ यात्रुको उद्धार गरी एअरलाइन्सले स्वदेश फिर्ता गरेको छ । 

निगमले आउँदा दिनमा सामाजिक जिम्मेवारी पूरा गर्दै थप चुस्तताकाे साथ नियमित व्यावसायिक उडानसमेत जारी राख्ने प्रतिबद्धता जनाएको छ । 

अन्तिम अपडेट: असार २९, २०७७

तपाईको प्रतिक्रिया