बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले यातायात व्यवसायीलाई सार्वजनिक गाडी चलाउन आग्रह गरेको छ ।
आन्दोलनका बेलामा जस्तो विभिन्न माग राख्दै पूरा गर्न दबाब दिने र सम्झौता गर्ने बेला नभएको सरकारले स्पष्ट पारेको छ । साथै सरकारले यातायात व्यवसायीका सबै माग पूरा गर्न सकिन्छ कि सकिंदैन भन्नेतर्फ पनि विचार गर्न आग्रह गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले विभिन्न माग राखेर गाडी चलाउँदैनौ भन्नु व्यवहारिक नहुने बताउनुभयो । यातायात व्यवसायीसँगको भेटमा उहाँले भन्नुभयो, ‘यो आन्दोलनको बेला होइन, दबाब नदिनुस् गाडी चलाउनुस् ।’
सरकारले सबै क्षेत्रका व्यवसायीहरुलाई समान व्यवहार गर्ने भएकाले अरु क्षेत्र खोलिसक्दा यातायात व्यवसायीहरुले विभिन्न माग राख्दै सञ्चालन गर्न भन्न नहुने मन्त्री नेम्बाङको भनाई छ । सरकारले सार्वजनिक गाडी चलाउन पाइने निर्णय गरेको चार दिन भैसक्दा पनि यातायात व्यवसायीले गाडी चलाएका छैनन् ।
विभिन्न माग राख्दै यातायात व्यवसायीले हिजो मन्त्री नेम्बाङलाई ज्ञापन पत्रसमेत बुझाएका छन् । यातायात व्यवसायीहरुले आफूहरुसँग कुनै छलफल नगरी सरकारले सार्वजनिक गाडी चलाउने निर्णय गरेको भन्दै असन्तुष्टि जनाएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारको सहयोग बिना गाडी चलाउन नसकिने बताउनुभएको छ ।
व्यवसायीहरुले पुनर्कर्जा कोषमा यातायात व्यवसायीको पहुँच, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राख्दै आएका छन् । सरकारले गएको बिहीबार बाहिरी जिल्लामा एक जिल्लाभित्रै र काठमाण्डौ उपत्यकाका तीन जिल्लालाई एक जिल्ला मानेर गाडी चलाउन पाइने निर्णय गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।