‘फेरि नेपाल प्रवेश गरेको सलहले नोक्सानी गर्ने सम्भावना कम’

 असार २९, २०७७ सोमबार ७:५९:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारत हुँदै नेपाल आएको सलहको अर्को झुण्डले धेरै नोक्सानी नगर्ने विज्ञले बताएका छन् ।

प्यूठान, अर्घाआँची लगायतका जिल्लामा केही नोक्सानी गर्न सक्ने भए पनि अहिले पानी परिरहेकाले धेरै क्षति भने नहुने प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताउनुभयो । तर सावधानी भने अपनाउन उहाँले आग्रह गर्नुभएको छ । झण्डै १० देखि १२ लाखको संख्यामा आएका सलहको झुण्ड हिजो बेलुका प्यूठानमा रहेका र केही ठाउँमा नोक्सानी गरेको खबर आएको उहाँले बताउनुभयो ।

यो झुण्डले कत्तिको नोक्सानी गर्छ भन्ने कुरा मौसममा भर पर्ने उहाँको भनाई छ ।  घाम लाग्यो भने केही नोक्सानी गर्न सक्छ ।  तर पानी निरन्तर परिरह्यो भने क्षति गर्ने सम्भावना कम हुने भएकाले किसानलाई नआत्तिन बरु भगाउने उपायको खोजी गर्न उहाँले आग्रह गर्नुभएको छ ।

अहिले हावाको गति पूवोत्तर दिशामा रहेकाले भारतबाट सलहको झुण्ड नेपाल प्रवेश गरेको हुमागाईंले बताउनुभयो । अझै केही सख्यामा नेपाल आउने सम्भावना कायमै रहेको उहाँको भनाई छ । भारतको उत्तर प्रदेशको सीतापुर तथा बहराइच क्षेत्रमा रहेका सलहमध्ये एउटा बगाल दाङको गढवा गाउँपालिकाबाट  अस्ति नेपाल आएको हो ।

१५ दिन पहिले पनि नेपालमा सलहका ससाना झुण्ड भित्रिएका थिए । तिनीहरु भने विभिन्न कारणले अहिले नष्ट भैसकेका छन् ।

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया