पहिरोका कारण केही सडकखण्ड अवरुद्ध

 असार २९, २०७७ सोमबार ८:५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिरोको कारण विभिन्न सडकखण्ड अवरुद्ध भएका छन् । आज बिहान विभिन्न ठाउँमा पहिरो खसेपछि सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ ।

यस्तै लमजुङ–मनाङ सडकखण्डमा पहिरो हटाउन नसक्दा गाडी सञ्चालन हुन सकेको छैन । लमजुङको मस्र्याङ्दी गाउँपालिका ४ र बेशीशहर ६ मा हिजो खसेको पहिरो पन्छाएर नभ्याइएकाले गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । यस्तै म्याग्दी–जोमसोम सडकखण्डमा पनि हिजोदेखि गाडी चलेका छैनन् ।

यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो खसेपछि गाडी चल्न नसकेको प्रहरीले जनाएको छ । पहिरोका कारण साँफे – मार्तडी सडकखण्ड पनि अवरुद्ध छ । बाजुराको बुढीगंगा नगरपालिका २ अम्कोटमा पहिरो गएकालेसडकखण्ड अवरुद्ध भएको हो ।

काठमाण्डौ भिमफेदी हुँदै मकवानपुर जाने सडकखण्डमा पनि गाडी चलेका छैनन् । यो सडकखण्डको विभिन्न ठाउँमा पहिरो र लेदो माटो बगेर सडक अवरुद्ध भएको हो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया