बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – सार्वजनिक गाडी चलाउने सरकारको निर्णय धेरै निजी कम्पनीले अटेर गरे पनि मयूर यातायातले पालना गरेको छ । मयूर यातायातले सोमबारदेखि काठमाण्डौ उपत्यकाको चक्रपथ र चक्रपथ हुँदै काभ्रेको धुलिखेलसम्म सेवा दिन थालेको छ ।
मयूर यातायात प्रालीका सञ्चालक राज श्रेष्ठका अनुसार सोमबार चक्रपथमा तीन वटा र चक्रपथ हुँदै धुलिखेलसम्म दुई वटा बस सञ्चालन भइरहेको छ, यो सङ्ख्या मङ्गलबारदेखि बढ्दै जानेछ । अहिले मयूर यातायातसँग ४४ वटा गाडी छ ।
श्रेष्ठ भन्नुहुन्छ, ‘मङ्गलबारदेखि १५/२० वटा गाडी सञ्चालनका लागि तयारी भइरहेको छ, त्यसको लागि लकडाउनको क्रममा ठाउँठाउँमा रोकिएका गाडीलाई काठमाण्डौ ल्याउने तयारी भइरहेको छ ।’
मयूर यातायातले सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्ड अनुसार गाडी चलाएको पनि जनाएको छ । ४०–४१ सिट क्षमताको बसमा सोमबार २० जना यात्रुलाई मात्रै राखेर यात्रा गराइएको छ ।
यस्तै बस चढ्न मास्कलाई अनिवार्य गरिएको छ भने स्यानिटाइजर र पञ्जा पनि अनिवार्य लगाउन मयूर यातायात कम्पनीका सञ्चालक श्रेष्ठको आग्रह छ । उहाँले बसभित्रै स्यानिटाइजरको व्यवस्था गरेको जानकारी दिनुभयो ।
यस्तै सरकारको निर्णयअनुसार नै यात्रुबाट भाडा लिने गरेको पनि सञ्चालक श्रेष्ठले बताउनुभयो । सरकारले ५० प्रतिशतसम्म बढाएर भाडा लिन सकिने निर्णय गरेको छ । अहिल यात्रुबाट न्यूनतम भाडा २० रुपैयाँ लिने गरेको मयूर यातायातले जनाएको छ ।
गएको असार २३ गतेको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशतसम्म बढी भाडा लिएर र सुरक्षा सावधानी अपनाएर सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेको थियो । तर नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भने सबै कर्मचारीको सुरक्षाको ग्यारेण्टी नभएसम्म गाडी नचलाउने जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।