बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – आइतबार नेपाल प्रवेश गरेको सलह किराको झुण्ड अहिले प्युठानको झिमरुक गाउँपालिका आसपासमा रहेको छ । दाङको गढवा हुँदै नेपाल आएको झुण्ड केही समयदेखि झिमरुकको माथितर्फ घुमिरहेको र बस्न खोज्दा स्थानीयबासीन्दाले भगाइरहेका छन् ।
स्थानीयबासीन्दाले आगो बाल्ने, आवाज निकाल्नेलगायतका क्रियाकलाप गरेकाले बस्न नसकेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
नेपालबाट नजिकै भारतको लखनउलगायतका ठाउँमा अरु झुण्ड पनि रहेका छन् । ती झुण्ड जुनसुकै बेला नेपाल आउन सक्ने भएकाले बाँके, बर्दिया, रुपन्देहीलगायतका जिल्लामा उच्च सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।
यसैबीच जुम्लामा सलह पुगेपछि बालीमा क्षति हुन नदिन प्रयास थालिएको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा कृषि विपद्को बैठक बसेर सलहबाट बालीनाली जोगाउने उपायका बारेमा किसानलाई जानकारी गराउने र सरकारको तर्फबाट पनि विभिन्न काम गर्ने तयारी सुरु भएको कृषि कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।