दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आइतबार तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरी आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन पेस गर्नु भएको थियो ।
कम्पनीका अन्य सञ्चालकहरुमा भरतकुमार तोदी, जगदीशकुमार अग्रवाल, अमितकुमार बेगानी तथा सुन्दरप्रसाद कँडेल रहेका छन् । यस सभाले सञ्चालक समितिको आव २०७५/०७६ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहितको आव २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहलगायतका वित्तीय विवरणहरुको प्रस्ताव पारित गरिएको छ ।
साथै कम्पनीको आव २०७६/०७७ को लागि लेखा परीक्षक नियुक्ति र कम्पनीको पारिश्रमिक निर्धारण, सञ्चालक समितिको अध्यक्ष र सञ्चालकहरुको बैठक भत्ता एवं अन्य सुविधाहरु निर्धारण तथा सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने सामान्य प्रस्तावहरु पारित गरेको छ ।
यस सभाले कम्पनीको प्रबन्ध पत्रमा गरिएको उद्देश्य थप एवं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्ध पत्र तथा नियमावलीमा आवश्यक संशोधन गरेको थियो ।
कम्पनीको प्रबन्ध पत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा यसलाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।