बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा साेमबार थप एक सय ४४ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ ।
साेमबार थपिएकासहित नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेकाे सङ्ख्या १६ हजार नाै सय ४५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै सङ्क्रमण पुष्टिभएकामध्ये अहिलेसम्म १० हजार दुई सय ९४ जना निको भएर घर फर्किएकाे र सक्रिय सङ्क्रमित ६ हजार ६ सय १३ जना मात्रै रहेको मन्त्रालयले जनाएको छ ।
सोमबार नेपालमा एक सय ४४ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिँदा एक हजार सात सय ९४ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार विभिन्न २५ वटा प्रयोगशालामा भएका परीक्षणमा एक सय ४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । सोमबार पाँच हजार आठ सय ४६ जनाकाे पीसीआर परीक्षण गर्दा एक सय ४४ जनामा काेराेना पोजेटिभ भेटिएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
अहिले प्रदेश नम्बर १ मा एक सय ८३, प्रदेश नम्बर २ मा एक हजार आठ सय ७२ र वाग्मती प्रदेशमा चार सय ५८ जना सङ्क्रमित अहिले विभिन्न अस्पतालका आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा चार सय ९८, प्रदेश नम्बर ५ मा सात सय २९, कर्णाली प्रदेशमा तीन सय ६१ र सुदूरपश्चिम प्रदेशमा दुई हजार पाँच सय १२ जना सङ्क्रमितकाे उपचार भइरहेकाे छ ।
अहिलेसम्म कोरोना सङ्क्रमणबाट ३८ जनाको मृत्यु भएको छ । प्रदेश नम्बर २ मा चार जना, वागम्ती प्रदेशमा नाै जना, गण्डकी प्रदेशमा पाँच जना, प्रदेश नम्बर ५ मा १० जना, कर्णाली प्रदेशमा चार जना सुदूरपश्चिम प्रदेशमा ६ जनाको कोरोनाकाे कारण मृत्यु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।