बुटवल–पाल्पा सडकखण्ड अझै अवरुद्ध

 असार ३०, २०७७ मंगलबार ७:४६:० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पहिरोले अवरुद्ध सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अझै खुलेको छैन ।

तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले हिजो बेलुकादेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउने प्रयास भैरहेको प्रदेश ५ का प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिनुभयो ।

लगातारजसो पानी परेकाले पहिरो पन्छाउन नसकिएको उहाँले बताउनुभयो । अहिले गाडीको आवतजावत पूर्ण रुपमा बन्द छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया