दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – धरहरामा रोकिएको टावर निर्माणको काम दुई÷तीन दिनमा सुरु हुने भएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै आएकोमा झण्डै साढे तीन महिनापछि टावरको काम सुरु हुने भएको हो ।
टावर निर्माणको काम गर्ने कामदारलाई अहिले क्वरेण्टीनमा राखिएको धरहराको पुनर्निर्माण हेर्दै आएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउनका बेला घर गएका १ सय १० जना कामदार अहिले काठमाण्डौ आएका छन् ।
उनीहरुको आज पीसीआर परीक्षण गर्ने तयारी छ । उनीहरुको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै धरहराको ११ तलाको काम सुरु हुनेछ । धरहराको दशौं तलाको काम भने यसअघि नै सकिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको ३९ प्रतिशत काम सम्पन्न भएको बताउनुभयो ।
दशौँ तलाको काम सकिएको धरहरामा अहिले पार्किङस्थलको काम भइरहेको र दैनिक ४० जना कामदारले काम गरिरहेका छन् । धरहरामा अवलोकन कक्षका साथै म्युजियम, वाटर फाउन्टेन, बगैँचा, रेष्टुरेन्ट, अत्याधुनिक पार्किङको व्यवस्था गरिनेछ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समिति सभापति सहितको टोलीले हिजो धरहरा सहित रानीपोखरी र काष्ठमण्डप पुनःनिर्माणको स्थलगत अवलोकन समेत गरेको छ ।
समितिका सभापति कल्याणीकुमारी खड्का सहितको टोलीले तीनवटै सम्पदाको स्थलगत अवलोकन गरी सन्तोषजनक रुपमा काम भइरहेको प्रतिक्रिया दिएको छ । अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सभाहलमा समिति सदस्यहरुले प्रवलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे पनि जानकारी लिनुभएको थियो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्यहरु अघि बढाएको बताउनुभयो । यसअघि संघीय संसदको प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको उपसमितिले पनि धरहरा र रानीपोखरीको अवलोकन गरेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।