नेपाल–भारत बिजुली आयात/निर्यातको प्रतियुनिट दर १२ रुपैयाँ ९...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – लकडाउन अवधिभर प्रत्येक नाईं श्रमिकलाई प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम उपलब्ध गराउनु पर्ने मागसहित व्यवसायीहरु आन्दोलित भएका छन् ।
लकडाउनकाे कारण व्यापार व्यवसाय बन्द गर्नु परेकाेले यस अवधिभर प्रतिमहिना २५ हजार रुपैयाँका दरले रकम दिनुपर्ने माग व्यवसायीहरुले राखेका हुन् ।
नेपाल नाईं ट्रेड युनियनले मङ्गलबार माइतीघरमा आफ्नो समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ । तत्काल सम्पूर्ण श्रमिकहरुलाई राहतको व्यवस्था गर्नुपर्ने, लकडाउन अवधिको बैंक ब्याज मिनाहा गर्नुपर्ने र पसल तथा कोठा भाडा पूर्णरुपमा मिनाहा गर्नुपर्ने माग राख्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
ट्रेड युनियनका अध्यक्ष गजेन्द्र ठाकुरले तत्काल सैलुन र पार्लर खोल्न दिनुपर्ने, लकडाउन अवधिमा प्रतिमहिना २५ हजारका दरले दिनुपर्ने, निःशुल्क देशभरिका श्रमिकहरुलाई पीपीई सेट उपलब्ध गराउनुपर्ने र ५० लाख बराबरको जीवन बीमाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।
सरकारले लकडाउनको समय बढाउँदै लगेपछि घर जान पनि नपाएको र व्यवसायसमेत सञ्चालन गर्न नसक्दा समस्या भएको उहाँले बताउनुभयो । पालिकाहरुले राहत वितरण गरे पनि मतदाता परिचयपत्र साथमा नभएका कारण आफूहरुले पाउन नसकेको उहाँले बताउनुभयो ।
पटक–पटक सरकारलाई आफ्ना समस्या सुनाउँदा पनि सम्बोधन नभएको उहाँले गुनासो गर्नुभयो । १० अर्बभन्दा बढी रकम सरकारले खर्च गरेको बताए पनि आफूहरुले १० रुपैयाँको राहतसमेत नपाएको उहाँले बताउनुभयो । आफ्ना माग पूरा नगरे देशव्यापी रुपमा सशक्त आन्दोलन गर्ने तयारी भएको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।