दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – वर्षायाम सुरु भएसँगै देशैभरि बाढी पहिराेकाे घटना भइरहेकाे छ । बाढी र पहिराेले ठूलाे धनजनकाे क्षति भइरहेकाे छ । अहिले देशका विभिन्न ठाउँमा बाढी र पहिराेमा परेर हराइरहेका ४० जनाकाे खाेजी भइरहेकाे छ ।
स्याङ्जाको कालीगण्डकी गाँउपालिका वडा नम्बर ४ काे खहरेमा गएको पहिरोमा परि तत्कालीन बिर्घा गाउँ विकास समितिका अध्यक्ष ईमानसिंह रानाको ज्यान गएको छ ।
मङ्गलबार बिहान पहिरो झरेको थाहा पाए पछि हेर्न जानुभएका ७० वर्षीय रानासहित पाँच जनालाई पहिरोले पुरेको थियो । पुरिएकामध्ये एक जनाले भागेर ज्यान बचाएका छन् । तीन जना अझै हराइरहेका र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बेपत्ता हुनेहरुमा ६० वर्षीय प्रेमचन्द्र पाण्डे, ६० वर्षीय जिमान्सिंह थापा र ५० वर्षीय टीकाबहादुर थापा रहेका छन् । त्यस्तै त्यही खहरे खोलाले धार परिवर्तन गर्दा चार घर परिवार विस्थापित भएकाे प्रहरीले जनाएको छ ।
तनहुँमा पहिरोमा परि १० जनाको ज्यान गएको छ । दुई जना अझै हराइरहेका छन् । पहिराेले पुरिएर व्यास नगरपालिका ९ का राजेश थापा र व्यास ११ का पद्मबहादुर भुजेल बेपत्ता भएका छन् ।
यसैबीच सङ्खुवासभाको सिलिचोङमा शनिबार राति गएको पहिरोमा परि ११ जना हराइरहेका छन् । पहिरोबाट विस्थापित ७३ घर परिवारलाई राहत सामग्रीसमेत नपुग्दा उनीहरुको बिचल्ली भएको छ ।
यस्तै सिन्धुपाल्चोकमा बाढी पहिरोमा परि हराइरहेका २० जना र म्याग्दीमा पहिरोमा हराइरहेका चार जना पनि अझै भेटिएका छैनन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।