‘राम र अयोध्याबारे बहस गर्ने बेला हो यो ? अरु केही विषय छैन ?’

 असार ३०, २०७७ मंगलबार १५:५८:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य डाक्टर भीम रावलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्नुभएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भानु जयन्तीको अवसरमा दिनुभएको अभिव्यक्तिलाई लिएर नेता रावलले प्रश्न गर्नुभएको हो । सोमबार प्रधानमन्त्रीले राम र अयोध्या नेपालकै भएको भनेर टिप्पणी गर्नुभएको थियो । 

यही विषयलाई लिएर नेता रावलले ‘विषयान्तर किन’ भनेर प्रधानमन्त्रीलाई प्रश्न गर्नुभएको हो । अहिलेको विषय के र कुन कुराम बहस भइरहेको छ भनेर ट्वीटरमार्फत् नेता रावलले प्रधानमन्त्री ओलीलाई प्रश्न गनुएभएको हो । 

उहाँले ट्विटरमा लेख्नुभएको छ, ‘यो बेला सीमा क्षेत्र मिचिएको तराईका बस्ती डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौज हटाउनुपर्ने विषय उठाइ भारतसँग कुरा गर्नुपर्ने हो कि राम र अयोध्याबारे बहस गर्नुपर्ने हो ?’

के भन्नुभएकाे थियाे प्रधानमन्त्री ओलीले ?

 रामको जन्मभूमि अयोध्या नेपालमै हो भन्ने उहाँको अभिव्यक्तिको भारतमा  चर्को आलोचना भएको छ । 

हामी सांस्कृतिक हिसाबले अलिकति थिचिएका छौँ, मिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामीले सीता भारतका राजकुमार रामलाई दियौँ । भारतकालाई होइनौँ, अयोध्याका लागि दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्ज​भन्दा अलिकता पश्चिमपट्टिको ठाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन । अयोध्या अर्थात् भीषण विवाद छ त्यहाँ । हाम्रोमा विवाद नै गर्नुपर्दैन । अयोध्या वीरगञ्जको पश्चिमपट्टि ठोरीमा रहेको छ ।   

याे पनि पढ्नुहाेस्

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया