बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – पहिरोले बन्द रहेको सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अझै खुलेको छैन । तिनाउ गाउँपालिका ३ काे दोभान प्रहरी चौकी नजिकै खसेको पहिरोले सडक बन्द भएको हो ।
पहिरोसँगै ठूला-ठूला ढुङ्गा खसेकाेले साेमबार बेलुकादेखि सडक बन्द छ । सडक खुलाउने प्रयास भइरहेको प्रदेश ५ का प्रहरी प्रमुख रविन्द्र धानुकले जानकारी दिनुभयो ।
लगातारजसो पानी परेकाेले पहिरो पन्छाउन नसकिएको उहाँले बताउनुभयो । अहिले गाडीको आवत जावत पूर्णरुपमा बन्द छ । यसैबीच पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्नेमा पहिरो खस्दा बिहानैदेखि बन्द रहेको सडक अहिले एकतर्फी खुलेको छ ।
पूरै पहिरो पन्छाएर दुईतर्फी सडक सञ्चालनमा आउन समय लाग्ने जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पहिरोले एउटा कार र ट्रकमा क्षति पुर्याए पनि मानवीय क्षति भएको छैन ।
यसैबीच नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलो र २६ किलोमा सडक भासिन थालेको छ ।
सडक भासिँदा गाडी एकतर्फी चल्ने गरेका छन् । भासिएको ठाउँमा मर्मत गर्दै गाडी चलाउने गरिएको र जाम नरहेको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।