दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा एक सय १६ जनामा कोरोना पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितकाे कुल सङ्ख्या १७ हजार ६१ पुगेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ ।
मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार अहिले विभिन्न अस्पतालका आइसोलशनमा ६ हजार ६ सय ९५ जना सङ्क्रमितकाे उपचार भइरहेकाे छ ।
मङ्गलबार ३४ जना डिस्चार्ज भएसँगै नेपालमा काेराेना सङ्क्रमणमुक्त भएर घर फर्किनेकाे सङ्ख्या १० हजार तीन सय २८ पुगेको छ । यस्तै पछिल्लाे २४ घण्टामा चार हजार तीन सय ६१ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ । आजसम्म दुई लाख ९३ हजार सात सय ३९ जनाको पीसीआर परीक्षण भएको छ ।
देशभरिका विभिन्न क्वरेण्टीनमा २४ हजार सात सय १६ जना रहेका छन् । नेपालमा कोरोनाबाट ३८ जनाको मृत्यु भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।