‘सकभर गाडी नचढौँ, चढ्नै परे सुरक्षाका मापदण्ड पालना गरौँ’

 असार ३०, २०७७ मंगलबार १७:५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले स्वास्थ्य सुरक्षाको पूर्ण पालना नगरि सार्वजनिक गाडीमा यात्रा नगर्न अनुरोध गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले कोरोना भाइरसको जोखिम रहँदा रहँदै पनि नागरिकलाई केही सहजताको लागि सार्वजनिक गाडी खुला गरिएको बताउँदै निकै सजग रहन आग्रह गर्नुभयो । उहाँले सकभर सार्वजनिक गाडीमा यात्रा नगर्न, गर्नै परे सबै सुरक्षाका मापदण्ड पालना गर्न र कोरोनासँग मिल्ने लक्षण देखिएमा पनि यात्रा नगर्न आग्रह गर्नुभयो । 

सार्वजनिक गाडीमा यात्रा गर्दा अनिवार्य रुपमा माग लगाउन, हातमा स्यानिटाइजर दल्न र पन्जाकाे पनि प्रयाेग गर्न सरकारले आग्रह गरेकाे छ । 

सार्वजनिक गाडी चलाउने सरकारको निर्णयको पालना गर्दै काठमाण्डौ उपत्यकामा सार्वजनिक गाडी गुड्न थालेका छन् । 

गएको असार २३ गतेको मन्त्रिपरिषद्को बैठकले ५० प्रतिशतसम्म बढी भाडा लिएर र सुरक्षा सावधानी अपनाएर सार्वजनिक यातायात चलाउने दिने निर्णय गरेको थियो । 

सरकारको निर्णयअनुसार मयूर यातायात प्रालीले सोमबारदेखि नै काठमाण्डौ उपत्यकामा सेवा दिन थालेको थियो । 

त्यस्तै बिजुली गाडी चलाउँदै आएको निजी क्षेत्रको सुन्दर यातायात प्रालीले मङ्गलबारदेखि सेवा दिन थालेको छ । सुन्दर यातायातले भने पहिलेकै भाडादरमा सेवा दिने जनाएको छ । 

साझा यातायातले भने यही साउन १ गतेदेखि सेवा सुरु गर्ने तयारी गरेको साझा यातायातका निमित्त कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया