मयूर यातायातले भोलिदेखि सबै बस चलाउने, सुरक्षाका लागि चालक र सहचालकले पीपीई सेट लगाउने

 असार ३०, २०७७ मंगलबार १७:२४:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लकडाउनयता सोमबारदेखि बस चलाउन थालेको मयूर यातायातले बुधबारदेखि सबै बस सञ्चालन गर्ने भएको छ ।

४४ वटा बस रहेको मयूर यातायात कम्पनीले आफ्ना सबै बस चलाउन चालक र सहचालकलाई तयारी अवस्थामा राखेको छ । कोरोेना भाइरसको जोखिम बढ्दै गएकाले चालक र सहचालकको सुरक्षाकाे लागि पीपीई सेट उपलब्ध गराइने कम्पनीका सञ्चालक राज श्रेष्ठले जानकारी दिनुभयो ।

लकडाउनकाे कारण काठमाण्डाै बाहिर राेकिएका बसलाई पनि काठामण्डाै ल्याइएकाे कम्पनीले जनाएकाे छ । 

सोमबार पाँच वटा बस चलाएको मयूरले मङ्गलबार ११ वटा बस चलाएको छ । बस चढ्दा मास्क अनिवार्य लगाउन पनि यात्रुलाई यातायात व्यवसायीको आग्रह छ । गएको २३ गते मन्त्रिपरिषद्को बैठकले सुरक्षा सावधानी अपनाएर सार्वजनिक बस चलाउने निर्णय गरेपछि उपत्यकामा थोरै सङ्ख्यामा भए पनि सार्वजनिक बस चल्न थालेका छन् । 

सरकारको निर्णयअनुसार अब सार्वजनिक बस चढ्दा यसअघिको भाडामा ५० प्रतिशत बढीसम्म भाडा लाग्ने छ ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया