स्यानिटाइजर उद्योग दर्ताको समय थप गरेकोमा औषधि उत्पादक सङ्घ आन्दोलनमा

 असार ३०, २०७७ मंगलबार १८:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले स्यानिटाइजर उद्योग दर्ताको लागि थप तीन महिना समय दिएकोमा नेपाल औषधि उत्पादक सङ्घले विरोध जनाएको छ ।

सरकारको निर्णयको विरुद्धमा मङ्गलबार सङ्घले औषधि व्यवस्था विभागमा धर्ना पनि दिएको छ । स्यानिटाइजर उद्योगको दर्ता समय थपेर सरकारले दर्ता नभएका गुणस्तरहीन उद्योग चलाएर नागरिकको स्वास्थ्य जोखिममा पारिरहेको औषधि उत्पादक सङ्घको दाबी छ ।

बुधबारसम्म पनि मागको सुनुवाइ नभए बिहीबारदेखि थप कडा आन्दोलनमा जाने सङ्घले चेतावनी दिएको छ ।

सङ्घले कुनै पनि बहानामा विना दर्ता र गुणस्तर परीक्षण नगरि कुनै पनि स्वास्थ्य सामग्रीको बिक्री/वितरण रोक्न सरकारको ध्यानाकर्षण पनि गराएको छ । 

अन्तिम अपडेट: असार ३१, २०७७

तपाईको प्रतिक्रिया