हिमालय एअरलाइन्सले सात दिनमा १६ उडानमार्फत नेपालीलाई स्वदेश फर्काउने

 असार ३०, २०७७ मंगलबार १९:५३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – हिमालय एअरलाइन्सले बुधबारदेखि तेस्रो चरणको उद्धार उडान सुरु गर्ने भएको छ ।

जसअनुसार आबुधाबीबाट बुधबार दुई वटा र साउन ३ गते एउटा उडानमार्फत समस्यामा परेका नेपाली स्वदेश फर्काइने हिमालय एअरलाइन्सले जनाएको छ । यसको भाडा ३६५ डलर तोकिएकाे छ । 

यस्तै जुलाई १६ र २० तारिखमा साउदीको रियादबाट उडान हुनेछन् । रियादको भाडा ४६५ डलर रहेको छ । यस्तै जुलाई १६ तारिखमै दमामबाट दुई र जुलाई २० मा दमामबाटै एउटा उडान हुनेछ । 

जुलाई १८ तारिखमा बहराइनबाट उद्धार उडान हुनेछ । बहराइनको भाडा ३९२ डलर तोकिएको छ । यस्तै कतारमा जुलाई १७, १८ र र २० तारिखमा उडान हुने र भाडादर ३९२ डलर तोकिएको छ ।

यस्तै मलेसियाको क्वालालम्पुरबाट जुलाई १९ तारिखमा २ र २१ तारिखमा दुई वटा उडान हुने र भाडा ३७२ डलर तोकिएको हिमालय एअरलान्सले जनाएको छ ।

 

अन्तिम अपडेट: माघ २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया