उद्धार उडान आजदेखि एक हप्ता हुने, साउन ६ पछि नयाँ प्रक्रिया सुरु गर्ने तयारी

 असार ३१, २०७७ बुधबार ७:६:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुई दिन स्थगित भएको नेपालीको स्वदेश फिर्ती आजदेखि सुरु हुँदैछ ।

झण्डै एक महिना लगातार भएका उद्धार उडानहरु दुई दिन रोक्दै सरकारले फेरि आजदेखि उद्धार उडान सुरु गरेको हो । यसअघि उडानको समिक्षा गर्न भन्दै दुई दिन उडान स्थगित गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

आजदेखि साउन ६ गतेसम्म एक हप्ताका लागि उद्धार उडान तालिका सार्वजनिक भएको छ । यो हप्तामा विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि विभिन्न देशबाट ४२ उडान हुने पर्यटन मन्त्रालयले जनाएको छ । आजै नेपाली ल्याउन, लिन जान र कार्गो गरी ६ अन्तर्राष्ट्रिय उडान हुने भएका छन् ।

नेपाल एअरलाइन्स कुनमिङ्गबाट, सिल्क एअर सिङ्गापुरबाट र मलेसियन एअरलाइन्सको जहाज मलेसियाको क्लालाम्पुरबाट नेपाल आउँदैछन् । आज यूएईको आबुधाबीमा नेपाली लिन हिमालय एअरलाइन्सका दुई जहाज जाँदैछन् । हिमालयको अर्को जहाज आजै कुनमिङ्ग जाँदैछ ।

एक हप्ताको अवधिमा विदेशमा समस्यामा परेका नेपाली ल्याउनका लागि हिमालय एअरले १६ वटा र नेपाल एअरलाइन्सले १६ उडान भर्नेछन् । त्यस्तै विदेशी वायुसेवा कम्पनी अन्तर्गत एअर अरेबियाले २, फ्लाई दुबईले २ र मलेसियाको मालिन्दो एयरले ४ वटा उडान अनुमति पाएका छन् ।

जजिरा एअरले पनि नेपालीको स्वदेश फिर्तीका लागि २ वटा उडान अनुमति पाएको छ । नयाँ तालिकाअनुसार यूएईको दुबई, सारजाह र अबुधाबी, साउदी अरबको दमाम र रियाद, कुबेत, कतार, बहराइन र मलेसिया लगायतका ठाउँबाट त्यहाँ समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि उडान हुनेछन् ।

साउन ६ पछि भने अहिलेकै प्रक्रिया अनुसार उडान गर्ने या नयाँ तरिकाले अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका नेपालीलाई अहिले विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश ल्याइएको छ ।

साउन ६ पछि अवस्था विश्लेषण गरेर नियमित उडान गर्ने या अहिलेझैं चार्टर्ड उडानमार्फत स्वदेश फिर्ती गराउने भन्नेबारे छलफल भइरहेको छ । गएको जेठ ३२ गतेदेखि सरकारले विभिन्न देशबाट समस्यामा रहेका नेपालीको स्वदेश फिर्तीका लागि चार्टर्ड उडानलाई अनुमति दिइरहेको छ ।

नेपालीको स्वदेश फिर्तीका लागि नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र अन्य विदेश जहाजहरु सलाम एअर, एअर अरेबिया, फ्लाई दुबई, कतार एअरवेज, टर्किस् एअरलाइन्स, मलिण्डो एअर, जजिरा एअर, कोरियन एअर लगायतले उडान भरेका छन् ।

अन्तिम अपडेट: चैत १३, २०८०

2 Comments

  • Amit lama

    July 16, 2020, 6:08 p.m.

    I’m in unpaid leave since COVID-19 start. I would like to go back home. I don’t have any to pay room rent and buying for food. Plz help me to go back home. Thanks you

  •  0 Reply
  • Rabina bajgain

    July 16, 2020, 6:03 p.m.

    Ma visit visa ma baseko thiye ra mero visa sakiyeko June 15 dekhi .agu 10 paxi des xodnu parxa vaneko xa . Ma sanga chater flyt ma jane Rakam pani xaena so agu 10 vanda agadi Nepal jane prabanda milaedinu huna aagra gardaxu.

  •  0 Reply

तपाईको प्रतिक्रिया