भारतको सीमामा रहेका सलहका झुण्ड नेपाल आउने सम्भावना बढ्यो

 असार ३१, २०७७ बुधबार ७:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतको सीमामा रहेका सलहका झुण्डहरु नेपाल आउने सम्भावना बढेको छ ।

बिहार र उत्तर प्रदेशमा रहेका सलहका झुण्ड जतिसुकै बेला पनि नेपाल आउन सक्ने भएकाले सावधानी अपनाउन प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले आग्रह गर्नुभएको छ । सिमावर्ती क्षेत्रका विभिन्न ठाउँमा फैलिएका झुण्ड ठूलो सङ्ख्यामा भने नभएका उहाँले बताउनुभयो ।

थोरै सङ्ख्यामा पनि विभिन्न ठाउँमा छरिएर बसेका हुनाले हावाको गतिसँगै नेपाल आउने सम्भावना बढेको उहाँको भनाई छ । सलहको झुण्ड प्रदेश २ को सर्लाही तथा धनुषा, प्रदेश ५ र सूदूरपश्चिमबाट प्रवेश गर्ने सम्भावना छ । हुमागाईंका अनुसार यो भन्दाअघि नेपाल आएका झुण्डहरु भने अहिले रुकुम पश्चिम तथा बाग्लुङ र म्याग्दीको सिमानामा केही मात्रामा देखिएका छन् ।

प्रतिकूल हावापानीका कारण धेरै सलह तितरवितर भएका र केही मरेका हुन सक्ने उहाँको भनाई छ । बाग्लुङ र रुकुम पश्चिमबाहेक अरु ठाउँमा देखिएको खबर भने नआएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार हावाको दिशा विपरीत सलह उड्न नसक्ने भएकाले हावाको चाप र दिशाकै कारण भारतबाट नेपाल प्रवेश गरेका र फेरि आउने सम्भावना रहेको उहाँको भनाई छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया