ओली–दाहाल छलफलमा

 असार ३१, २०७७ बुधबार १४:५५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बुधबार छलफल भइरहेकाे छ । उहाँहरुबीच मङ्गलबार पनि छलफल भएकाे थियाे ।

पार्टीभित्रको विवादकाे कारण असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक असार १८ गतेयता बस्न सकेको  छैन । दुई अध्यक्षले सहमतिको बिन्दु पहिल्याउने र स्थायी कमिटी बैठक बोलाउने नेकपाको तयारी छ ।

प्रचण्ड, माधव नेपाल तथा झलनाथ खनाल समूहसहित सचिवालय र स्थायी कमिटीका बहुमत सदस्यले प्रधानमन्त्री ओलीको राजीनामा मागेका छन् भने ओली पक्ष त्यसको लागि तयार भएको छैन ।  

अन्तिम अपडेट: चैत ९, २०८०

तपाईको प्रतिक्रिया