बाल क्यान्सरको उपचारमा प्रयोग हुने निःशुल्क औषधि छिट्टै आइपुग्ने
फागुन १, २०८१ बिहिबार
काठमाण्डौ – महिला अधिकारको नाममा धेरै ठाउँमा महिला अधिकारकै दुरुपयोग भएको सांसदहरुले बताएका छन् । विशेष गरी वैदेशिक रोजगारीमा गएका पुरुषहरु महिलाबाट पीडित भए पनि न्याय नपाएको भन्दै सांसदहरुले गुनासो गरेका छन् ।
महिला तथा सामाजिक समितिमा भएको छलफलमा सांसदहरुले विदेश गएका पुरुषहरु महिलाबाट पीडित हुने गरे पनि उनीहरुले न्याय नपाएको बताए । राष्ट्रिय महिला आयोगको प्रतिवेदनमाथिको छलफलमा सांसद गंगा चौधरीले पीडित पुरुषहरुले न्याय खोज्न कहाँ जाने भन्दै प्रश्न गर्नुभयो ।
सांसद हिरा गुरुङले आयोगले शहर केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिएको उल्लेख गर्दै पुरुष हिंसाका घटनालाई पनि दायरामा ल्याउनुपर्ने बताउनुभयो । महिलामात्रै हिंसामा पर्ने गरेको नभइ पुरुषमाथि पनि हिंसा हुने भएकाले आयोगले दुवै पक्षलाई न्याय दिनुपर्ने बताउनुभयो ।
आयोगकी शान्ता अधिकारी भट्टराईले पुरुष हिंसा हुने गरेको भए पनि घटनाहरु बाहिर आउन नसकेको बताउनुभयो । आयोगको कार्यक्षेत्रभित्र पुरुषका घटनाहरु लिन नपाउने प्रावधान रहेको उहाँको भनाइ छ ।
२०७५ साउनदेखि २०७६ असारसम्म घरेलु हिंसा र महिला हिंसाका १४ सय ७४ घटना घटेका छन् ।
आयोगको प्रतिवेदनअनुसार महिलामाथि सबैभन्दा बढी मानसिक हिंसाका पाँच सय ८९ घटना घटेका छन् । शारीरिक हिंसाका चार सय ५८, आर्थिक हिंसाका दुई सय २४ र यौनजन्य हिंसाका ४७ वटा घटना घटेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।