निजी विद्यालयले भाेलिदेखि सबै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप बन्द गर्ने

 असार ३१, २०७७ बुधबार १७:२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – निजी विद्यालय सञ्चालकहरुले साउन  १ गते अर्थात् बिहीबारदेखि सबै वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप बन्द गर्ने भएका छन् ।

निजी तथा आवासीइ विद्यालयहरुका सङ्गठन प्याब्सन र एन प्याब्सनले संयुक्त रुपमा विज्ञप्ति निकालेर बिहीबारदेखि सबै किसिमका वैकल्पिक शिक्षण सिकाइ क्रियाकलाप रोकेर विदालय बन्द गर्ने जानकारी गराएका हुन् ।

उनीहरुले शिक्षक–कर्मचारीहरुलाई अर्को व्यवस्था नहुञ्जेलको लागि बेतलबी बिदा दिने निर्णय गरेका छन् । अभिभावकसँग शुल्क उठाउन पाउनु पर्ने लगायतका आफूहरुको माग सम्बोधन नगरेकोले यस्तो अप्रिय निर्णय लिन बाध्य भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शिक्षक तथा कर्मचारीको वैशाखदेखि असारसम्मकाे तलब सुविधा विद्यालय खुलेर अवस्था सहज भएपछि भुक्तानी गर्ने पनि विज्ञप्तिमा भनिएको छ । 

अन्तिम अपडेट: फागुन १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया