नेपालमा काेराेना सङ्क्रमणकाे कारण थप एककाे मृत्यु

 असार ३१, २०७७ बुधबार १६:५३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा कोरोना भाइरसकाे सङ्क्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे छ । 

कोरोना सङ्क्रमण पुष्टि भएका रौतहटको परवाह नगरपालिका ७ का ३६ वर्षीय पुरुषको बुधबार मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाबाट मृत्यु भएका दाजुको अन्तिम संस्कारको लागि भारतको बेङ्गलाेर गएर गएको २५ गते घर फर्किएर क्वरेण्टीनमा बसेका पुरुषमा असार २९ गते रुघाखोकी लागेपछि उपचारको लागि नारायणी अस्पतालमा भर्ना गरिएकोमा उहाँको आज मृत्यु भएको मन्त्रालयले जनाएको छ । 

नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे सङ्ख्या ३९ पुगेको छ ।
 

अन्तिम अपडेट: साउन ५, २०७७

तपाईको प्रतिक्रिया