दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – कोरोना भाइरसको जोखिम कायमै भएकाले घरमै बसेर साउने सङ्क्रान्ति मनाउन मनाउन संस्कृतिविदले अनुरोध गरेका छन् ।
मन्दिर वा आफन्तकोमा जाँदा भाइरस सर्ने जोखिम भएकाले घरमा नै बसेर सङ्क्रान्ति मनाउन नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले अनुरोध गनुभएको छ । साउन महिनामा देशभरका शिवालयमा भक्तजनको घुईंचो लाग्ने गर्छ । तर यो वर्ष कोरोनाको जोखिम कायमै रहेकाले सरकारले पनि भिडभाड नगर्न अनुरोध गर्दै आएको छ ।
आफू र आफ्नो परिवारको कल्याणका लागि, मन्दिर जाने हो तर त्यहाँ जाँदा भिडभाड बढ्छ र स्वास्थ्य खतरा हुन्छ भने नजाँदा नै राम्रो हुने गौतम बताउनुुहुन्छ । घरमै बसेर पनि पूजा आराधना गर्न सकिने उहाँको भनाइ छ । यस्तै आफन्तहरु धेरै जम्मा भएर सङ्क्रान्ति नमनाउन पनि उहाँको आग्रह छ ।
स्वास्थ्य भन्दा ठूलो केही नभएकाले अहिलेको अवस्थामा व्यक्तिगत सरसफाईमा ध्यान दिने र संयमित हुने समय भएको उहाँ बताउनुहुन्छ । भन्नुहुन्छ, ‘यो वर्ष शुद्ध मनले घरमै पूजाआजा गरौँ । सीमित संख्यामा पर्व मनाऔँ । जोखिम कम भएपछि आउँदा वर्षहरुमा आफन्त भेटघाट र रमाइलो गरेर मनाउन सकिहालिन्छ नि ।’
यस्तै मेहन्दी र चुरा लगाउन पसलहरुमा गएर भिडभाड नगर्न पनि उहाँ सुझाव दिनुहुन्छ । चुरा र मेहन्दी अलग्गै किनेर घरमै ल्याएर लगाउन उहाँ सुझाव दिनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।