निजी विद्यालयले अनलाइन नपढाए पनि रेडियो र टेलिभिजनबाट पढ्न पाइने

 साउन १, २०७७ बिहीबार ११:८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – निजी विद्यालय सञ्चालकहरुले आजदेखि सबै सिकाइ क्रियाकलाप बन्द गर्ने निर्णय गरे पनि विद्यार्थीले रेडियो र टेलिभिजनबाट पढाईलाई निरन्तरता दिन पाउने भएका छन् ।

निजी विद्यालय सञ्चालकहरुले अनलाइन शिक्षा बन्द गरेर सबै शिक्षकलाई बेतलबी बिदामा राख्ने निर्णय गरे पनि सरकारले भने वैकल्पिक शिक्षालाई निरन्तरता दिएको हो । 

यसअघिदेखि नै रेडियो, टेलिभिजन तथा अनलाइनबाट पढाई सुरु गरेको सरकारले आजदेखि नयाँ तालिका सार्वजनिक गरेको छ । त्यही तालिका अनुसार विद्यार्थीले समय मिलाएर आफूलाई अनुकूल प्रविधिबाट पढ्न सक्ने शिक्षा तथा मानव विकास स्रोत केन्द्रका महानिर्देशक डाक्टर तुलसीप्रसाद थपलियाले बताउनुभयो । उहाँले यी सिकाइ प्रणालीबाट जोसुकैले पनि अध्ययन गर्न सक्ने बताउनुभयो । 

रेडियो

१. रेडियो नेपालबाट ९ र १० कक्षाको अनिवार्य विषय 

२. कान्तिपुर एफएमबाट ६, ७ र ८ कक्षाका अंग्रेजी, विज्ञान र सामाजिक विषय 

३. देशभरका २ सय २५ भन्दा धेरै सामुदायिक रेडियोबाट ९ र १० कक्षाका अनिवार्य विषय 

टेलिभिजन

१. नेपाल टिलिभिजनको एनटिभी प्लसबाट १ देखि ८ कक्षासम्मको विषयगत पाठ

२. डिसहोम, नेट टिभी, म्याक्स टिभी, मेरो टिभी र क्लियर टिभीको विद्यालय शिक्षा च्यानलबाट ९ र १० कक्षाको विषयगत श्रव्यदृश्य पाठ 

यसैगरी युट्युव च्यानल www.youtube.com/needvirtual​ बाट पनि १ देखि १० कक्षासम्मका श्रव्यदृश्य पाठहरु पढ्न सकिनेछ । 

प्राविधिक कारणले कक्षा सुरु हुन कहिलेकाहीँ २ देखि ५ मिनेट लाग्ने भएकाले धैर्य गर्न पनि शाखाले अनुरोध गरेको छ । 

यस्ताे छ समयतालिका :
 

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया