दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – मेलम्ची खानेपानी आयोजनाको सुरुङ फुट्दा बेपत्ता भएकाको खोजीमा गएको गोताखोरको डुंगा पल्टिएको छ ।
आज बिहान इन्द्रावतीमा हराइरहेकाको खोजी गर्ने क्रममा सशस्त्रका प्रहरी निरीक्षकसहित ७ जना रहेको डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिनुभयो । उनीहरु सबैको सकुशुल उद्धार गरिएको छ ।
मेलम्ची खानेपानी आयोजनाकोे सुरुङ परीक्षणका क्रममा अस्ति एक्कासी गेट खुल्दा इञ्जिनियर सतिश गोहित र चालक राधाकृष्ण थापामगर सम्पर्कबिहीन भएकामा गोहितको शव हिजो भेटिएको थियो ।
थापामगरको अवस्था भने अझै थाहा हुन सकेको छैन । अहिले पनि उहाँको खोजी चलिरहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।