सुनको भाउ घट्यो

 साउन १, २०७७ बिहिबार ११:५८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुनको भाउ आज तोलामा एक सय रुपैयाँ घटेको छ ।

सुन आज तोलाको ९२ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो तोलामा ६ सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महंगो तोलाको ९२ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १ हजार ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । यसैबीच भाउ महंगो भएसँगै कारोबार ठप्प जस्तै भएको व्यवसायीको गुनासो छ ।

अहिले किन्न कोही नपुगेपछि बेच्न भने फाट्टफुट्ट जाने गरेका उनीहरुले बताएका छन् ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया