दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गाडी चलाउनका लागि सरकारले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताउनुभएको छ ।
कोभिड– १९ को महामारीपछि सार्वजनिक यातायात सञ्चालनमा देखिएका समस्याबारे ज्ञापनपत्र बुझाउन प्रधानमन्त्री निवास पुगेका यातायात व्यवसायी र मजदुर संगठनका प्रतिनिधिसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले महामारीका कारण प्रभावित भएका सबै क्षेत्रका समस्या राज्यले हेर्नुपर्ने भएकाले आफ्नो सामर्थ्यले सकेसम्म सहयोग गर्ने बताउनुभएको हो ।
उहाँले कोभिड–१९ को महामारीपछि दैनिक जीवन, अर्थतन्त्र, सेवा र रोजगारी सम्बन्धी सबै क्षेत्र प्रभावित भएको बताउँदै सार्वजनिक गाडी चलाउन यस क्षेत्रका समस्या समाधान गर्न पहल गर्ने आश्वासन पनि दिनुभयो । संसारभर कोरोना महामारीको संकट आएपछि सरकारको आर्थिक हैसियतमा पनि ह्रास आएको प्रधानमन्त्रीको भनाई थियो ।
नेपाल यातायात व्यवासायी राष्ट्रिय महासंघ र यातायात मजदुर संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री ओलीसँग भेट गरी आफ्ना समस्या राखेका थिए । प्रधानमन्त्री ओलीलाई भेट्नुअघि यातायात व्यवसायी र मजदुरले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेटेका थिए ।
भेटमा अध्यक्ष दाहालले यातायात व्यवसाय मध्यम र निम्न वर्गको व्यापक सहभागिता भएको क्षेत्र भएकाले आफूले यस क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो । त्यसको लागि पार्टी र सरकारसँग छलफल गर्ने आश्वासन पनि उहाँले दिनुभएको थियो ।
प्रचण्डले तत्काल बैंकको किस्तालाई रोक्ने, यातायात व्यवसाय सञ्चालनका लागि पुनःकर्जा दिने, राहत र अनुदान तथा स्वास्थ्य सुरक्षासँग सम्बन्धित कुरा राज्यले तुरुन्तै गरिदिनु पर्ने बताउनुभयो ।
व्यवसायी तथा मजदुरले बैँक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, मजदुरलाई स्वास्थ्य सामग्री तथा पीपीईको व्यवस्था मिलाउन माग गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।