पार्टीभित्रकाे विवाद समाधान गर्न नेकपाका शीर्ष नेताबीच छलफल

 साउन १, २०७७ बिहीबार १४:५५:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पार्टीभित्रको विवाद समाधानकाे लागि भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरु छलफलमा व्यस्त भएका छन् ।

बिहीबार पनि दुईपक्षीय, त्रिपक्षीय छलफलहरु भइरहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भएको छ ।

त्यसलगत्तै प्रधानमन्त्री एवं अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच छलफल भएको छ । दुई अध्यक्षबीचको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि सहभागि हुनुभएको थियो । शुक्रबार साउन २ गतेकाे लागि तय भएको स्थायी कमिटी बैठकको अघिल्लो दिन सहमति खोज्न भन्दै शीर्ष नेताहरु छलफलमा जुटेका हुन् ।

गएको असार २६ गते एक हप्ताकाे लागि स्थगित गरिएको स्थायी कमिटी बैठक शुक्रबारकाे लागि डाकिएको छ । यसअघिका बैठकमा दुई अध्यक्ष ओली र प्रचण्ड मात्रै छलफल गर्दै आए पनि बिहीबार भने अरु नेताहरु पनि छलफलमा जुटेका हुन् ।

बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास खुमलाटारमा नेकपा सचिवालय समितिका ६ नेताहरु अध्यक्ष प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलले छलफल गर्नुभएको थियो ।

प्रचण्ड र माधव नेपाल पक्षका नेताहरुले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्नुपर्ने बताउँदै आएका छन् भने प्रधानमन्त्री ओलीले भने दुबै पद नछाड्ने अडान राख्दै आउनुभएको छ ।  

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया