दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – सरकारले कोरोना सङ्क्रमणको दर कम भएकाेले परीक्षण घटाइएको जनाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले विदेशबाट आउनेहरु घटेको, क्वरेण्टीनमा सङ्ख्या रित्तिँदै जान थालेको, सङ्क्रमितहरु निको भइरहेका जस्ता कारणले परीक्षण घटाइएको बताउनुभयो ।
दैनिक १० हजार जनाको पीसीआर परीक्षण गर्ने क्षमता रहेकोले आवश्यक परेमा दैनिक १० हजार जनाको परीक्षण गरिने प्रवक्ता गौतमले बताउनुभयो ।
साथै काठमाण्डाैमा तीन हजार जनाको परीक्षण गर्दा जम्मा तीन जनामा मात्रै काेराेना भाइरसकाे सङ्क्रमण देखिएकोले सङ्क्रमणको दर घट्दै गएको देखिएको पनि उहाँको दाबी छ ।
बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशालामार्फत चार हजार नाै सय ८१ जनाको कोरोना परीक्षण भएको छ । बिहीबारसम्म पीसीआर विधिबाट तीन लाख तीन हजार आठ सय २० जनाको परीक्षण भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।