एक सय ६७ जना कोरोनाका सङ्क्रमित थपिए, २१३ जना डिस्चार्ज

 साउन १, २०७७ बिहीबार १६:३८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा थप एक सय ६७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बिहीबार एक सय ६७ जना थपिएसँगै कुल सङ्क्रमितको सङ्ख्या १७ हजार तीन सय ४४ पुगेको छ ।

देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या जम्मा ६ हजार ५६ मात्रै रहेको छ । पछिल्लो २४ घण्टामा थप दुई सय १३ जना सङ्क्रमित निको भएर डिस्चार्ज भएका छन् । याेसँगै बिहीबारसम्म ११ हजार दुई सय ४९ जना डिस्चार्ज भएका छन् ।

कुल सङ्क्रमितमध्ये ६४ दशमलव ८५ प्रतिशत सङ्क्रमित निको भएर घर फर्किएका छन् । भोजपुर, सङ्खुवासभा, मनाङ, मुस्ताङ र हुम्लामा सक्रिय सङ्क्रमित नरहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार अहिले प्रदेश नम्बर १ मा ६७, प्रदेश नम्बर २ मा एक हजार नाै सय १५ र वाग्मती प्रदेशमा चार सय २८ जना सङ्क्रमित आइसोलेशनमा उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा तीन सय ८५, प्रदेश नम्बर ५ मा चार सय ५८, कर्णाली प्रदेशमा तीन सय १९ र सुदूरपश्चिम प्रदेशमा दुई हजार तीन सय ८४ जना सङ्क्रमित उपचाररत रहेका छन् ।

बिहीबार पीसीआर विधिबाट विभिन्न २७ वटा प्रयोगशालामार्फत चार हजार नाै सय ८१ जनाको कोरोना परीक्षण भएको छ । बिहीबारसम्म पीसीआर विधिबाट तीन लाख तीन हजार आठ सय २० जनाको परीक्षण भएको छ । अहिलेसम्म कोरोना भाइरस सङ्क्रमणबाट ३९ जनाको मृत्यु भएको छ । 

अन्तिम अपडेट: माघ २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया