विमानस्थलको पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय

 साउन १, २०७७ बिहिबार १७:४६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले नेपाली वायु सेवा कम्पनीलाई विमानस्थल पार्किङ शुल्कमा ७५ प्रतिशत छुट दिने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बैठकले आन्तरिक र बाह्य उडान गर्ने नेपाली हवाई कम्पनी तथा मनोरञ्जनात्मक हवाई खेल सञ्चालन गर्ने कम्पनीलाई चैत एक गतेदेखि लकडाउन खुलेको एक महिनासम्मको विमानस्थल पार्किङ शुल्क ७५ प्रतिशतले मिनाहा गर्ने निर्णय गरेको छ । 

यस्तै विमान कम्पनीले भाडामा लिएका विमानस्थलभित्रका सटर भाडामा पनि ७५ प्रतिशत छुट हुने भएको छ । पार्किङ शुल्क सन् २०२० को डिसेम्बरसम्ममा तिर्न सकिने र त्यो अवधिसम्म विलम्ब शुल्क नलाग्ने पनि सरकारले निर्णय गरेको छ । 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया