'संवैधानिक आयाेगकाे काम गाडी किन्ने मात्रै हाे ?'

 साउन १, २०७७ बिहीबार २१:१४:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – संवैधानिक आयोगहरु गठन भएको लामो समय बितिसक्दा समेत पदाधिकारी चयन नहुँदा प्रभावकारी काम हुन नसकेको संसद्को महिला तथा सामाजिक समितिले जनाएको छ ।

आयोगका प्रतिनिधि र समितिका पदाधिकारीबीच भएको छलफलमा महिला तथा सामाजिक समितिले आयोगहरुमा गाडी किन्ने कामबाहेक अरु काम हुन नसकेको बताएको हो ।

समितिका अनुसार २०५८ सालमा गठन भएको राष्ट्रिय दलित आयोगको आर्थिक वर्ष ०७५/०७६ मा १४ वटा सवारी साधन खरिद गर्नबाहेक अरु प्रगति देखिएको छैन । पदाधिकारीविहीन रहेको दलित आयोगले यो आर्थिक वर्षमा जीप र माेटरसाइकल किनेको तथ्याङ्क छ ।

आयोगका सचिव कृष्णप्रसाद धितालले पदाधिकारी नहुँदा उद्देश्यअनुसार काम गर्न नसकिएको बताउनुभयो ।

यस्तै आदिवासी जनजाति आयोगको अवस्था झन् दयनीय रहेको समितिको ठहर छ । एक जना निमित्त सचिवको भरमा सञ्चालनमा रहेको आयोगले आफ्नो वार्षिक प्रतिवेदनसमेत बनाउन नसकेको समितिले जनाएको छ । समितिमा भएको छलफलमा आयोगका निमित्त सचिव पवित्रप्रकाश शाहले आयोगका लागि सात वटा गाडी खरिद गरिएको जानकारी दिनुभयो । 

छलफलमा सांसदहरुले पदाधिकारी नै नभएका आयोगमा गाडी किन्न रकम खर्च भए पनि कार्यक्रम किन नभएको भन्दै प्रश्न गरेका छन् । समिति सभापति निरुदेवी पालले पदाधिकारीको शून्यतामा नीतिगत निर्णयहरु हुन सक्ने अवस्थामा नरहेकाले तत्काल पदाधिकारी नियुक्त गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको बताउनुभयो । 

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया