सलहका अरु झुण्ड पनि नेपाल आउने सम्भावना

 साउन २, २०७७ शुक्रबार ७:५५:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सलहका अरु झुण्ड पनि नेपाल आउने सम्भावना बढेको छ ।

भोलिदेखि हावाको दिशा दक्षिण पश्चिमबाट उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले भारतको राजस्थानमा रहेका सलहको अरु केही झुण्ड नेपाल आउने सम्भावना बढेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो ।

आज हावाको दिशा उत्तर पश्चिमतर्फ बहने र भोलिदेखि परिवर्तन भएर उत्तर पूर्वी क्षेत्रतर्फ बहने भएकाले सलह आउने सम्भावना देखिएको उहाँले बताउनुभयो । अरबका देशबाट पाकिस्तान हुँदै भारतमा नयाँ नयाँ सलहको झुण्ड आउने क्रम चलिरहेकोले नेपालमा पनि सतर्कता अपनाउनुपर्ने उहाँले बताउनुभयो ।

असार २८ गते नेपाल आएको सलह भने हिजो बेलुका सुर्खेतको पच्चिमी क्षेत्रको जंगलमा गएर बसेका छन् । सुर्खेतकै छिन्चुमा बस्न खोजेको र स्थानीयबासिन्दाले भगाएपछि पश्चिमतर्फ गएर जंगलमा बसेको जानकारी आएको उहाँले बताउनुभयो ।

किसानले सतर्कता अपनाएर बस्न नदिएका कारण र मौसम प्रतिकूलताका कारण सलहको झुण्ड पटक पटक नेपाल आए पनि धेरै नोक्सानी गर्न पाएको छैन । असार २८ गते नेपाल आएका सलहले थोरै मात्रामा प्युठानमा लगाइएको बालीनालीमा नोक्सानी गरेको खबर आएको, तर कति मात्रामा नोक्सानी भयो भन्ने भने यकिन भइनसकेको उहाँको भनाई छ ।

अन्तिम अपडेट: माघ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया