सुनसरीको देवानगञ्जमा प्रहरीलाई गोली हान्ने दुई जना पक्राउ

 साउन २, २०७७ शुक्रबार ८:४६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मोरङ – सुनसरीको देवानञ्ज गाउँपालिका–३ पानीट्याङकीमा प्रहरीमाथि गोली प्रहार गर्ने दुई जना पक्राउ परेका छन् ।

स्वचालित पेस्तोल सहित २ जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–२ का २३ वर्षीय पिन्टु यादव र ३२ वर्षीय राजेश यादव रहेका छन् ।

गस्तीमा रहेको प्रहरी टोलीले ३ जना भारतीय नागरिकसहित २ वटा मोटरसाइकलमा आएका ५ जनाको समूहलाई रोकेर जाँच गर्ने क्रममा प्रहरी टोलीलाई लक्षित गरी फायर गरेपछि प्रहरीले गोली चलाएको थियो । प्रहरीले जवाफी फायर गर्दा दुई जना घाईते भएका तथा अरु ३ जना भारततर्फ नै फरार भएका प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रवक्ता दिपक पोखरेलले जानकारी दिनुभयो ।

घटनास्थलबाट प्रहरीले अमेरिकन स्वचालित पेस्तोल १ थान, त्यो पेस्तोलमा लाग्ने गोली ६ राउण्ड र म्यागजिन २ थान तथा भारतीय नम्बर प्लेटको मोटरसाइकल १ थान र अनटेष्ट लेखिएको मोटरसाईकल बरामद गरेको छ ।

घाईते भएका दुवैजनाको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया