दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
कास्कीको माछापुच्छ्रे गाउँपालिका ८ मा पर्ने खोरको मुखमा पहिरोले घर पुरिंदा तीन जनाको ज्यान गएको छ ।
अविरल वर्षासँगै घर माथिबाट आएको पहिरोले प्रेमराज बिकको घर पुरिंदा उहाँका नाति र नातिनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पहिरोमा परेर प्रेमराज बिकका १६ वर्षीय नाति कुशल, नातिनी १६ वर्षीया रोजिना र नाती १४ वर्षीय समीरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभयो ।
प्रेमराज र उहाँकी श्रीमती सकुशल रहेको उहाँले जानकारी दिनुभयो । प्रेमराजको छोरा बुहारी घरमा नभएकाले सुरक्षित रहेकोे प्रहरी प्रवक्ता हमालले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।