मौद्रिक नीति आज सार्वजनिक हुने

 साउन २, २०७७ शुक्रबार ११:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – मौद्रिक नीति आज सार्वजनिक हुँदैछ । बिहान राष्ट्र बैंक सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको छ ।

दिउँसो ३ बजे सार्वजनिक गर्ने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिले ऋणीहरुलाई ऋण तिर्नका लागि समयावधि २ वर्षसम्म थप्ने, सहुलियत कर्जा तथा पुनर्कर्जालाई गाउँसम्म पुर्याउने व्यवस्था गरेको छ ।

बैंकको ब्याजदर घटाउने, डिजिटल पेमेन्टलाई प्रोत्साहन गर्ने, सेयर धितो कर्जा बढाउने लगायतको व्यवस्था गरिएको राष्ट्र बैंक स्रोतले जनाएको छ । कोभिड १९ का कारण अर्थतन्त्रमा निकै असर परेका बेला आउन लागेको मौद्रिक नीतिलाई महत्वका साथ हेरिएको छ ।

केन्द्रीय बैंक अर्थात राष्ट्र बैंकले मुद्रा आपूर्तिको व्यवस्था कायम गर्न बनाउने विधि मौद्रिक नीति हो । बजेटपछि राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने गर्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया