नेकपा स्थायी कमिटी बैठक आइतबारसम्मका लागि स्थगित

 साउन २, २०७७ शुक्रबार १३:११:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटीको बैठक फेरि स्थगित भएको छ ।

शुक्रबार बिहान ११ बजे बोलाएर दिउँसो ३ बजेसम्म स्थगित भनिएको बैठक फेरि आइतबारसम्मको लागि स्थगित भएको हो । पार्टी प्रचार विभाग उपप्रमुख सूर्य थापाकाअनुसार बैठक आइतबार दिउँसो ३ बजे बस्नेछ । 

पार्टीभित्रको विवादका कारण नेकपा स्थायी कमिटी बैठक लगातार स्थगित हुँदै आएको छ । स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच छलफल हुने तय भएको नेताहरुले बताएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण स्थायी कमिटी बैठक प्रभावित भएको छ ।

यसबीचमा शीर्ष नेताहरुले सहमतिको प्रयास गरे पनि अझै टुङ्गिएको छैन । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ । स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने तयारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ ।   

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया