'देश सङ्कटमा छ, सरकारकाे नेतृत्व गर्ने आन्तरिक किचलाे र झगडामा मस्त छन्'

 साउन २, २०७७ शुक्रबार १९:२५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफू पनि नजान्ने र अरुको कुरा पनि नसुन्ने ‘अधम’ मान्छेले सरकार चलाइरहेको टिप्पणी गर्नुभएको छ । 

गन्तव्य नेपालकाे विशेष कार्यक्राममा बाेल्दै डा. भट्टराईले सङ्कटको बेला पनि सत्ताकाे लागि आन्तरिक किचलो र झगडामा मस्त ‘अधम’ मान्छेले सरकार सञ्चालन गरिरहेको बताउनुभयो ।

जनताको जीवन र देशको अर्थतन्त्रमा खेलबाड भइरहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, ‘उत्तम मान्छे आफ्नै विवेकले बुझ्छ । ‘अधम’ मान्छेले आफूले पनि जान्दैन र अर्कोले भनेको पनि मान्दैन । म चाँहि हाम्रा शासकलाई अधमको दर्जामा राख्न चाहान्छु । यस्तो सङ्कटको बेलामा शासन सत्तामा बस्ने मान्छेको आफ्नै किचलो झैझगडा, सत्ताको भागबण्डामा महिनौँ बर्बाद गरिरहेको छ । देश र जनताको जीवनमाथि खेलबाड गरिरहेको छ ।’

जनता समाजवादी पार्टीका नेता भट्टराईले सरकारले नीति, कार्यक्रम र बजेटमार्फत कुनै ठोस कार्यक्रम नल्याएको बताउनुभयो । कोरोनाकाे कारण समस्यामा परेका उद्योगी, व्यवसायी तथा श्रमिकका लागि कुनै पनि राहतका कार्यक्रम सरकारले ल्याउन नसकेको बताउनुभयो । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया