२४ घण्टामा थपिए १०१ सङ्क्रमित, एककाे मृत्यु

 साउन २, २०७७ शुक्रबार १६:५५:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय एक जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १७ हजार चार सय ४५ पुगेको छ । सङ्क्रमितमध्ये ११ हजार पाँच सय ३४ जना उपचारपछि निको भएर घर फर्किएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म प्रदेश १ बाट सात सय ४४, प्रदेश २ बाट दुई हजार पाँच सय ८८, वाग्मती प्रदेशबाट चार सय १३, गण्डकीबाट नाै सय ४६, प्रदेश ५ बाट तीन हजार ६ सय ९२, कर्णाली प्रदेशबाट एक हजार चार सय ९२ र सुदूरपश्चिमबाट एक हजार ६ सय ५९ जना डिस्चार्ज भएकाे मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

यस्तै नेपालमा कोरोना सङ्क्रमणकाे कारण मृत्यु हुनेकाे सङ्ख्या ४० पुगेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराइरहेका सप्तरीको राजविराज नगरपालिका १ का ७३ वर्षीय वृद्धको ज्यान गएको हो । 

ती पुरुषमा मधुमेह, उच्च रक्तचाप र मुटु रोगको समस्या रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना सङ्क्रमणकाे कारण ज्यान गएको यो पहिलो घटना हो । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया