अख्तियारमा आर्थिक वर्ष २०७६/७७ मा २४ हजार ८९० उजुरी, ६६ दशमलव ६४ प्रतिशत उजुरी फर्छ्याेट

 साउन २, २०७७ शुक्रबार १८:५८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०७६/७७ मा २४ हजार आठ सय ९० उजुरी परेका छन् । त्यसमध्ये १६ हजार पाँच सय ८६ वटा उजुरी फर्छ्याेट भएकाे छ । 

आयोगले गएको आर्थिक वर्षमा प्राप्त भएका उजुरीमध्ये ६६ दशमलव ६४ प्रतिशत उजुरी फर्छ्याेट गरेको छ । यस्तै आयोगले गएको आर्थिक वर्षमा एक सय ४१ वटा मुद्दा विशेष अदालत काठमाण्डाैमा दायर गरेको छ । अदालतबाट प्राप्त फैसलामध्ये ८४ दशमलव ८ प्रतिशत मुद्दामा भ्रष्टाचारजन्य कसुर कायम गरिएको छ ।

एक सय ४१ वटा मुद्दामध्ये सबैभन्दा धेरै घुस लिएको दुई सय ६ वटा, सार्वजनिक सम्पतिमा नोक्सानी पुर्‍याएकाे ७४ वटा र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेकोमा चार  वटा घटना रहेका छन् ।

घुस लिएबापत अख्तियारले एक सय ८१ जनालाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा राष्ट्रसेवक कर्मचारीहरु दुई सय ८ जना, बिचौलिया १५ जना र १४ जना निर्वाचित मनोनित पदाधिकारी रहेका छन् । राष्ट्रसेवक कर्मचारीमध्ये दुई जना विशिष्ट श्रेणीका रहेकाे आयोगले जनाएकाे छ ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया