दशरथ रङ्गशालामा हुने अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका ...
फागुन १, २०८१ बिहिबार
काठमाण्डाै – नेपालमा अझै पनि सहल कीराको झुण्ड आउने जोखिम रहेकाले सतर्क हुन सरकारले आग्रह गरेको छ ।
भारतको राजस्थानमा सलहको झुण्ड धेरै रहेको र यी हावाको गतिमा अघि बढ्ने भएकाले अझै पनि नेपालमा आउने संभावना उच्च रहेको प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले जानकारी दिनुभयो । नेपालमा अहिले खासै सलह छैनन् ।
सलह पानीमा निस्क्रिय हुने भएकाले राजस्थानमा पानी परे केही समयका लागि नेपाल आउने सम्भावना टर्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अस्ति पश्चिम कञ्चनपुरबाट प्रवेश गरेका सहलले नेपाल छाडिसकेका छन् । सुर्खेतमा देखिएको सहलको केही झुण्ड दैलेखतिर र केही बर्दियाको राष्ट्रिय निकुञ्जतिर लागेका पनि उहाँले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले नेपालको सीमामा यी कीरा छैनन् । तर राजस्थानबाट उत्तरपूर्व हावा बहँदा नेपाल आउने सम्भावना अझै रहेको हो । सहलको झुण्डले बालीनालीमा नोक्सानी गर्ने भएकाले सकेसम्म बालीमा बस्न नदिने उपाय नै अपनाउन उहाँको सुझाव छ ।
प्लान्ट क्वरेण्टीन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंका अनुसार सलहको झुण्डलाई बालीमा बस्न नदिन ठूलो आवाज निकाल्ने र धुँवा बाल्न सकिन्छ । विषादीको प्रयोग गर्दा पर्यावरणमा दीर्घकालिन असर गर्ने भएकाले पनि सकेसम्म विषादी प्रयोग नगर्न उहाँको सुझाव छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।